Comments Add Comment

मकवानपुर–२ मा खतिवडालाई भारी मतले पराजित गर्दै बर्तौला विजयी

मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार कुल खसेको ८६३०१ मध्ये बर्तौलाले ३४९१६ मत ल्याएर विजयी भएका हुन् ।

उनले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका स्थायी सदस्य समेत रहेका बिरोध खतिवडालाई ४ हजार ५ सय २२ मतले पराजित गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । बर्तौला मकवानपुरबाट पहिलो पटक चुनावमा उम्मेदवार बनेका थिए भने खतिवडा यही क्षेत्रबाट पाँचौ पटक निर्वाचित भएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले उत मत पाएका हुन । हालसम्म मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर