मकवानपुरमा एकैदिन थप १५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अुनसार पछिल्लो २४ घण्टामा थप १५७ जनामा डेंगी पुष्टि भएको हो । पुष्टि हुने मध्ये सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रकै रहेका छन् । यसैगरी, बकैयाका ३ ,भीमफेदी र मनहरीका २–२ जना तथा राक्सिराङ र अन्य जिल्लाका एकएक जना रहेको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा डेंगी पुष्टि हुनेको संख्या ४ हजार ५ सय २६ पुगेको छ ।