मकवानपुरगढीको ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने भएको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको दरबार घुम्न मंसिर १३ गतेबाट प्रवेश शुल्क लिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताएका छन्। गाउँपालिकाले ठेक्का मार्फत् शुल्क उठाउन सुरु गरेको उनले जानकारी दिए ।

स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशीले ५० रुपैयाँ, साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एक सय रुपैयाँ शुल्क लाग्ने भएको छ । त्यसैगरी वनभोजका लागि एक हजार र ड्राइ पिकनिकका लागि पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने दरबार क्षेत्रमा फिल्म सुटिङका लागि तीन हजार पाँचसय र म्युजिक भिडियो सुटिङका लागि दुई हजार शुल्क तोकिएको छ।