मलेसियाको किनरारा ओभल मैदानमा एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र सिंगापुरबीचको खेल जारी छ । खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेको छ । अहिले ओपनरद्वय रित गौतम र पवन सर्राफले ब्याटिङ गरिरहेका छन् । यस अघि पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराउदैँ शानदार जीत दर्ता गरेको थियो । नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ’ए’ मा ३ टिम मात्र रहेका छन् । यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन् । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।