‘हजार जुनी सम्म’ को मिती सरेर भदौ ६ मा

Company Register

नेपाली चलचित्र ‘हजार जुनी सम्म’ साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेपनि एक साता पछि सरेको छ । निर्माणपक्षले केही कारण देखाएपनि साउन ३० मा प्रदर्शन हुन लागेको बलिउड चलचित्र ‘साहो’ को प्रभावका कारण उक्त चलचित्रलाई एक साता पछि सारिएको हो ।

Advertisement

विकासराज आचार्यको निर्देशनमा तयार भएको उक्त चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र भदौ ६ मा सरेसँगै अब बक्स अफिसमा चलचित्र ‘जाइरा’सँग भिडन्त हुने भएको छ । ‘जाइरा’को यूनिटले लामो समयदेखि भदौ ६ लाई प्रदर्शन मिति तय गरेर प्रचारलाई तिव्रता दिइरहेको छ ।

ya thau khali xa

चलचित्र ‘जाइरँ’ मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका छ । ‘हजार जुनी सम्म’मा लभस्टोरी चलचित्र हो भने ‘जाइरा’ लभ स्टोरी र मार्सल आर्टको कथामा तयार भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...