जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार ललित कुमार घलान निर्वाचित भएको छ । निर्वाचित भएसँगै उनले आज बिहिबार सथप लिएको छ । उनलाई मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथ खुवाएका हुन् । उनले १७ मत ल्याई जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा विजयी भएको हो ।

उपप्रमुखमा सानुकाजी लुईटेल र निर्वाचित सदस्यहरुलाई सपथ खुवाएका छन् । निर्वाचन पश्चात निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, निवर्तमान जिसस प्रमुख रघुनाथ खुलाल, हेटौंडाका मेयर मिनाकुमारी लामा, प्रजिअ भरतमणि पाण्डे लगायतकाको उपस्थिती रहेको थियो ।