नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशन हिजो सम्पन्न भएको छ । राष्ट्रिय उपाध्यक्ष बिष्णु पोखरेलको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशन थाहा अध्यक्ष रमेशमान डंगोलको सभाध्क्षतामा सम्पन्न भएको हो ।
दोस्रो अधिवेशनका अवशर पारी शिक्षक संगठन जिल्ला अध्यक्ष श्रीराम दहालले देश राजनैतिक संक्रमणमा रहेपनि नेपाल राष्ट्रिय शिक्षक संगठन त्यसबाट अलग रहेको र कुनै द्विविधा नमानी शिक्षक संगठनमा लाग्न सदस्यहरुलाई आग्रह समेत गर्नुभयो । वहाँले नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिले लकडाउनका समयमा गरेको लामो समयको शिक्षक तालिम र ननिदाएका शिक्षक कार्यक्रमका बारेमा पनि कार्यक्रममा बोल्नुभएको थियो । पेशागत हक हीतका सवाल नेपाल राष्ट्रिय शिक्षक संगठन नै शिक्षकहरुको एकमात्र अग्रणी संस्था भएकोले कुनै शंका नगर्न पनि दाहालले आग्रह गर्नुभयो ।

यता प्रमूख अतिथी पोखरेलले शिक्षक संगठन मकवानपुर देशकै शिक्षकको पहिलो पेशागत संस्था भएको र पछिल्लो समय ननिदाएका शिक्षकहरु कार्यक्रमले संगठनको गरिमा उँचो बनाएको धारणा ब्यक्त गर्नुभयो ।

अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति उपाध्यक्ष बिष्णु पोखरेल, विशेष अतिथी पद्मा पौडेल, जिल्ला अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल, सचिव पुरुषोत्तम आचार्य, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, जिल्ला सदस्य भगवती श्रेष्ठ, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दीपक अधिकारी, शिक्षक सहकारी मकवानपुर उपाध्यक्ष शीब लामीछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द प्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा थाहा नगर ईन्चार्ज वीरमान स्याङ्गतान, शिक्षक महासंघ सचिव गणेशमान श्रेष्ठ, पूर्व जिल्ला सदस्य नारायण बहादुर कार्की, संगठन सदस्य नारायण प्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो । अधिवेशनले रुपचन्द्र गोपालीको अध्यक्षतामा २३ सदस्यीय थाहानगर कमिटी गठन गरेको छ । उपाध्यक्ष मनोज लामिछाने तथा सचिव कृष्ण लामिछाने सहित २३ जनाको कमिटि गठन भएको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।