
हेटौंडामा आगामी भाद्र २ गते भव्य गाईजात्रा प्रदर्शन हुने भएको भनिएको कार्यक्रमको तयारी तिव्र रहेको जनाइएको छ । कार्यक्रम संयोजक अन्जन दाहालले कार्यक्रमको तयारी तिव्रगतिमा भइरहेको बताए । ब्राण्ड वर्थको आयोजनामा प्रदेश प्रदेशमा गाईजात्रा भन्दै भाद्र २ गते प्रदेश ३ को राजधानी हेटौंडामा हुन लागेको हो । हेटौंडामा ३२५ वि टु लायन्स एरियाले स्थानिय संयोजकत्वको भुमिकामा कार्यक्रम हुन लागेको लायन्स क्लब अफ नारायणी मलका अध्यक्ष एंव कार्यक्रम संयोजक दाहालले बताए ।
गाईजात्रा कार्यक्रममा देशकै चर्चित हाँस्यकलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलाको साग), रवि डंगोल, शिवशंकर रिजाल(पानवाला), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतले आफ्नो प्रस्तुती दिने कार्यक्रम संयोजक दाहालले बताए ।
हेटौंडाको ओम्याक्स हलमा दिउँसो साढे ३ बजेबाट सुरु हुने गरि कार्यक्रममा ३५० वटा टिकट विक्री गरिने र सोबाट भएको आम्दानी विभिन्न सामाजिक कार्यमा खर्च गरिने उनले बताए । कार्यक्रम हेर्नको लागि एक हजार शुल्क लाग्ने दाहालले बताए । टिकट हेटौंडाको विद्यार्थी पुस्तक पसल, कफिबार, ओम्याक्स सिनेमा, नारायणी मलमा रहेको सुपरमार्केट, तास हाउस र विभिन्न लायन्स क्लबका अध्यक्षहरुको साथबाट खरिद गर्न सकिने दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




