नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले सरकारद्वारा जेष्ठ १५ मा प्रस्तुत बजेट बक्तब्यप्रति ध्यानाकर्षण भएको जनाउदै प्रेस विज्ञप्ती जारी गरेको छ । संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा शिक्षकको पेशागत संस्थासंग सरकारले विगतमा गरेको सहमतिको खिल्ली उडाउँदै सामुदायीक विद्यालयमा न्यून तलवमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको अविलम्व तलवमान कायम गरी स्थायी प्रक्रियामा लैजान माग गरेको छ ।

यसैगरी हेडौंडा १८ मा रहेको ज्योति मावि ले विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकको जीवनबिमा र हेटौंडा ९ मा रहेको कृष्ण आदर्श विद्यालयले सम्पूर्ण शिक्षकको कोरोना बिमा गरेकोप्रति प्रशंसा गर्दै अन्य केही विद्यालयमा नीजि स्रोतका शिक्षकलाइ रोजगारीबाटै हटाएको सुनिएकोले अबिलम्व सेवा सुविधामा पुनर्वाहाली गराउन समेत विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी लकडाउनको समयमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलव सुविधा कटौती गरिएको प्रति पनि त्यसो नगरी निरन्तर सेवा सुविधा उपलब्ध गराउन पनि सम्वन्धित पक्षसंग विज्ञप्तीमा आग्रह गरिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिएका हुन् ।