Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक सहकारी मकवानपुरको ५ दिने प्रशिक्षणात्मक भेला सम्पन्न

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४८औं सत्र तथा शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ दिने प्रशिक्षणात्मक भेलाको आज सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको प्रमूख आतिथ्यता रहेको कार्यक्रम सहकारी अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुरबाट सहभागी रहेका शिक्षकबीच सम्पन्न प्रशिक्षणात्मक भेलामा संगठन राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंश साही कोषाध्यक्ष बिष्णु भण्डारी सदस्य पद्मा पौडेलको विशेष आतिथ्यता रहेको थियो । समापन समारोहमा प्रमुख अतिथि थापाले विद्यालय कर्मचारी तथा बालबिकास शिक्षकहरुको तलब नबढेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै सरकारको आलोचना समेत गर्नुभएको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

सहकारी सह सचिव कृष्ण प्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाइ सहकारी सहकारी उपध्यक्ष शिबप्रसाद लामिछानेले स्वागत गर्नुभएको हो । कार्यक्रममा संगठन राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे, पूर्व राष्ट्रिय समिति सदस्य यदु सुवाल, बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, सदस्य सीतादेवी खनाल, पार्वती खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, रसुवा उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, पर्वत अध्यक्ष चिरञ्जवी अधिकारी, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, पूर्व सचिव केशव प्रसाद सञ्जेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लेखासमिति संयोजक अभिमन्यू गौतम, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ४९ औं सत्र अन्तर्गत मकवानपुरको शिक्षक संगठन थाहा नगर कमिटीले भोलि जेष्ठ २३ गते देखि ५ दिने आइसिटी तालिम नेपाल शिक्षक संगठन राष्ट्रीय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा ११ बजे अन्तर्क्रिया तथा समापन कार्यक्रम आयोजना गर्ने जिल्ला प्रचार बिभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...