यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा सोमबार बिहानै थपिए २३ संक्रमित


मकवानपुरमा सोमबार बिहान थप २३ जना कोरोना संक्रमित थपिएका छन् । कात्र्तिक १६ गते गरिएको १३० जनाको स्वाबमा ८ महिला र १५ जना पुरुष गरी २३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित हुनेहरु हेटौंडा उपमहानगरपालिकाका १६ जना , मकवानपुरगढीका ३ जना , मनहरी गाउँपालिकाका ३ जना , बकैया गाउँपालिकाका १ जना र जिल्ला बाहिरका एक जना रहेका छन् । जुन संक्रमितको संख्या १८ प्रतिशत रहेको छ।

Advertisement
