आजको पञ्चाङ्ग

बि.सं. २०७७ कार्तिक १७। सोमवार। इ.सं. 2 November 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादीदक्षिणायनशरद ऋृतुकार्तिक कृष्णपक्षतिथि द्वितीया , २३:३२ बजे उप्रान्त तृतीया नक्षत्र कृत्तिका , २३:२१ बजे उप्रान्त रोहिणी योग वरियान् , ०६:२८ बजे उप्रान्त परिघ करण तैतिल १०:३७ बजेदेखि गर , २३:३२ बजे उप्रान्त वव चन्द्रराशि वृष । आनन्दादी योग स्थिर । दिनमान २७:३३ पला । सूर्योदय ०६:१६ बजे । सूर्यास्त बेलुका १७:१७

द्वितीया, कार्तिक कृष्णपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै बभएनि सामान खरीद गरीनेछ, तर खनपीन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोगपनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
 कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभपनि हुने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठ–मन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।