ग्यालेक्सी टेलिभिजनका सञ्चालक रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । उनले बिहिबार टेलिभिजनबाट खादा लगाएर बिदा भएको हो । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् । टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको भेटघाटमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । उनि काठमाडौं –३ बाट चुनाव लड्ने सम्भावना रहेको छ ।