Comments Add Comment

खसीबोका बिक्रीबाट एउटै गाँउमा दुई करोड भित्रियो

बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा गर्दै आएका हुन् ।

आर्थिक वर्ष २०७६र७७ मा सप्तरङ्गी सहकारीमार्फत ७१३ खसीबोका बिक्री गरी रु ८६ लाख ६८ हजार २५७ आम्दानी गरिएको संस्थाका सहप्रबन्धक नरमाया पुनले जानकारी दिए । यस्तै वसन्त सहकारीमार्फत ७१४ वटा खसीबोका बिक्री गरी रु ९२ लाख ९६ हजार ६५ आम्दानी गरिएको संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिए । दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका बिक्रीबाटै आर्थिक वर्ष २०७६र७७ मा मात्रै रु एक करोड ७९ लाख ६४ हजार ३२२ रकम भित्र्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर