हेटौंडा – हेटौंडा जेसीजको वर्ष २०२० का लागि नयाँ नेतृत्व चयनको मिति नजिकिदै गर्दा उम्मेदार घोषणा गर्ने क्रम पनि बढ्दो छ । नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका छन् ।
आउदो हेटौंडा जेसीज वर्ष २०२० को उपाध्यक्षमा विवेक आन्नद न्यौपानेले पनि उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा जेसीजको विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका न्यौपानेले उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् । उनले जेसीजमा रहेर समाजको हितमा काम गर्ने जोश भएकाले आफु उमेद्वारमा उठ्न लागेको बताए । सन २०१७ बाट जेसीजमा प्रवेश गरेका न्यौपाने , एरिया कोर्डिनेटर, मिडिया कोर्डिनेटर र मकवानपुरमा रहेर विभिन्न कार्यक्रममा कुशलता पूर्वक भूमिका निर्वाह गरेका छन् । जेसीजको ४१ औं वार्षिक साधारणसभा पुस १८ गते हेटौंडामा हुने जनाइएको छ ।