Menu

‘प्रेम गीत ३’ गीतको टिकटक प्रतियोगितामा भग लिनुहोस् स्कुटर जित्नुहोस

यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । हाल यस चलचित्र निर्माण टिम प्रचार प्रसारमा तीव्र गतिमा लागि परेको।

दर्शकको सहभागिता हुने गरी टिक टक प्रतियोगिताको पनि घोषणा गरेको छ । निर्माण पक्षले गीतलाई समावेश गरेर ‘हु हा’ भिडियो बनाउन भनेको छ ।

सहभागी हुन चाहनेले टिक टकमा गीत को ओरिजिनल स्टेप्स प्रयोग गरी भिडियो बनाउनु पर्ने छ । सबै भन्दा बढी लाईक र भ्युज पाउने भिडियोलाई विजेता घोषणा गरिने छ । विजेताहुने एक जनाले स्कुटर पाउने छन् भने अन्य तीन जनालाई एक एक वटा स्मार्ट फोन दिइने छ । भिडियो चैत २८ भन्दा अगाडी नै बनाउनु पर्ने निर्माण पक्षले बताएको छ । सगर आले र मेलिना राईको स्वर रहेको गीत लाई दर्शकले निकै मन पराइरहेका छन् ।

चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad