
नेपाल टेलिभिजन मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ को उत्कृष्ट १२ मा मकवानपुरकी सन्ध्या आचार्य परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा भने भोटीङबाट सुरु हुनेछ ।
उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न भोलि शनिबार राती साढे नौ बजेबाट खुल्ला हुनेछ । शनिबार देखि उनलाई एस.एम.एसबाट भोट गर्न मिल्छ । उनलाई भोट गर्न मोबाईलको मेसेज बक्समा गएर CC लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ । टप १२ बाट भोटिङको माध्यमबाट एक जना हट्दै अगाडी बढ्न अब टप ११ छानिने भएको छ । सन्ध्या आचार्य छमछमी सिजन ४ की उपाधीको होडमा हेटौंडाबाट एकमात्रै दाबेदार हुन् ।
उनले भनिन्–‘ टप १२ बाट निर्णायक र भोटले गर्दा टप फाइनल सम्मको यात्रा तय गरिन्छ ।’ ‘रियो छमछमी तेस्रो श्रृङ्ख्लाको उपाधी मकवानपुरले रचेको थियो। यो वर्ष पनि मकवानपुर जिल्लाले नै रचोस् भन्ने लक्ष्यका साथ प्रयासरत छु ’ उनले भनिन् ।
आचार्यले आफुले धेरै मिहेनत गरेकोले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दे हेटौंडाको नाम राख्ने बताईन् । उनलाई शनिबारबाट ५ दिन भोट गर्न मिल्ने छ । उनले भोट गरेर सहयोग गर्नुहुन सबैलाई आग्रह समेत गरेकी छिन् ।







