Comments Add Comment

नेपाल आईडलको उत्कृष्ट ४ बाट केभिन ग्लान बाहिरिए

नेपालको चर्चित रियालिटी सो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ बाट चितवनका केभिन ग्लान तामाङ्ग बाहिरिएका छन् । एपिवन टेलिभिजनबाट प्रशारण हुदै अएको चर्चित रियालिटी सो दर्शकले धेरै रुचाएको नेपालको पहिलो सिङ्गिङ रियालिटी सो हो । उनले अडिसन राउण्डबाटै दर्शकको मन जित्दै आएको थियो । हाल विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा नेपालमा पनि दिनानुदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गईरहेकोले केही समय आईडल नै रोकिन पुगेको थियो । केही समय पछि भौतिक दुरी कायम गर्दै बिना दर्शकका बीच आईडल सुचारु गरिएका थिए ।

केभिनले नेपाल आईडलबाट बाहिरिदै सहयोग गर्ने सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् । उनले आफ्नै कम्पोजमा केही गितहरु तयारी गरेको र केही समयपछि बजारमा ल्याउने समेत बताए । नेपाल आईडलको टप ३ मा मोरङका सज्जा चौलागाँई , बर्दियाका प्रविन बेडवाल र बर्दिवासका किरण भुजेल पुगेका छन् । नेपाल आईडल सिजन ३ को टप ५ बाट अघिल्लो हप्ता पोखराका नेशन पुन मगर बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर