2025-12-05 8:56 pm

‘घामट शेरे’ पनि कार्तिक ८ मा

निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित सिनेमा घामट शेरे कार्तिक ८ मा रिलिज हुने भएको छ। सोमबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमाले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको हो।

‘घामट शेरे’मा पहिलो पटक निश्चल र स्वस्तिमाको रियल जोडीलाई एकसाथ सिनेमामा देख्न पाइने भएके छ। यस अघि उनीहरुले ‘दुई रुपैयाँ’को एक गीतमा संगै नाँचेता पनि जोडीको रुपमा काम भने गरेका थिएनन्। आदर्श जोडीको रुपमा रहेको यस जोडीको सिनेमा हेर्न आमदर्शक उत्साहित हुनेमा निर्माण पक्षले अपेक्षा गरेको छ।

सार्वजनिक पोष्टरमा निश्चल बस्नेतलाई घामट शेरेको रुपमा प्रस्तुत गरिएको छ। निश्चल बस्नेत मात्रै प्रस्तुत भएको पोस्टरमा निश्चलको अपरिपक्वता र घामटपनलाई झल्काइएको छ।

विसि मोसन पिक्चर्सको प्रस्तुतीमा बनेको सिनेमा घामट शेरेलाई हेमराज विसीले निर्देशन गरेको हो। सिनेमामा निश्चल र स्वस्तिमाको साथमा गौरी मल्ल, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad