
भदौ ३१, २०७६ काठमाण्डौं : सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।
भाद्र ३१, बिहान ७ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 17, 2019
हाल नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको छ र थप बर्षा हुने संभावना रहेकाले डण्डा,कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स-साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्छ,बेलुका सम्मै सतर्क रहौ
SMS sent at 7 am@NEOCOfficial pic.twitter.com/3Nfx6WbwE4
बिहीबारसम्म देशभर मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेने भएकाले मौसममा बदली हुने र देशका केही भागमा भारी वर्षा हुनेसमेत माहाशाखाले जनाएको छ। माहाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जनरचट्टयाङ सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमि भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




