काठमाडौँ – फिफा विश्वकप सुरु हुन अब एक महिना बाँकी छ। कतारमा हुन लागेको उक्त विश्वकपमा भारतीय अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने भएकी छिन् ।
अभिनेत्रीले कुन गीतमा प्रस्तुति दिने भन्ने खुलासा गरेकी छिन् । अभिनेत्रीले फिफाका लागि आफ्नो गान ‘लाइट द स्काई’ को भिडियो सेयर गरेकी हुन् । उनी यस गीतमा नाच्दै मात्र नभई गीत गाउँदै पनि देखिएकी छिन् ।
फिफाले यसको भिडियो आफ्नो युट्युब च्यानल र ट्विटरमा सेयर गरेको छ । नोरा फतेहीले सामाजिक सञ्जालमा भिडियो पनि सेयर गरेकी छिन् । नोराले फिफाको उद्घाटन समारोह र समापन समारोहमा पनि प्रस्तुति दिनेछिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू