भारतीय सिने जगतकी चर्चित फेसन डिजाइनर भानु अथैयाको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी ब्रेनट्युमरका कारण विगत तीन वर्षदेखि थलिएकी थिइन् । 

भानुलाई सन् १९८२ मा रिलिज भएको गान्धी फिल्मको फेसन डिजाइनरका रुपमा ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो । सिने जगतको सर्वाधिक चर्चित यो पुरस्कार पाउने उनी पहिलो भारतीय थिइन् ।

५० वर्षसम्म भारतीय सिने जगतमा सक्रिय उनले एक सयभन्दा बढी फिल्ममा फेसन डिजाइनरको काम गरेकी छन् ।