काठमाडौं उपत्यकामा शुक्रबार थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।