2025-12-10 1:20 am

नेपाली टेक कम्पनी ‘भर्चुअल पात्रो’ एप सञ्चालनमा, अफलाइनमै उपलब्ध हुने

काठमाडौं- नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रालिले ३ वर्षको अनुसन्धानपछि ‘भर्चुअल पात्रो’ नामक नयाँ क्यालेन्डर एप सञ्चालनमा ल्याएको छ। यो एप इन्टरनेट बिना नै प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको हो।

सूर्य सिद्धान्तमा आधारित भएर तयार पारिएको यो पात्रो एप विश्वभरका नेपाली तथा अन्य प्रयोगकर्ताहरूले आईओएस (iOS), एन्ड्रोइड (Android) र वेब (Web) मार्फत प्रयोग गर्न सक्नेछन्। कम्पनीका संस्थापक/सञ्चालक प्रकाश पौडेलका अनुसार यस पात्रोमा प्रयोगकर्ताको सहजताका लागि सरल इन्टरफेस र कम एप साइजको सुविधा छ।

एपमा तिथि, मिति, सूर्योदय–सूर्यास्त, चाडपर्व, बिदा, नेपाल संवत्, मुहुर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रूपान्तरण, विदेशी विनिमय दर, पात्रो विइगेट र पण्डित सेवा जस्ता फिचरहरू उपलब्ध छन्।

कम्पनीले भविष्यमा प्रयोगकर्ताबाट प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा एपमा थप उपयोगी फिचरहरू थप्दै जाने बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad