नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।