डा.आरजु राणा देउवाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन् । उनी खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार दर्ता गरेकी हुन् । उनले सभापतिका उम्मेदवार आफ्ना श्रीमान शेरबहादुर देउवाको प्यानललाई नै मत मागेकी छन् । उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएकी थिइन् ।