Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा दुई रुपैँयाले घट्यो

Company Register

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Advertisement

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...