तेस्रो संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ शिल्ड पुरुष भलिबलको उपाधि आमभञ्ज्याङ्ग युवा क्लव (ए) ले जितेको छ । बिहिबार भएको फाईनल खेलमा जुनतारा युवा क्लवलाइ सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । आमभञ्ज्याङ्ग युवा क्लवले जुनतारा युवा क्लवलाइ २५–१९ , २५–१३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।

No description available.

उपाधि जितेसँगै आमभञ्ज्याङ्ग युवा क्लवले नगद ३० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपाविजेता बन्दै जुनतारा युवा क्लवले नगद २० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी आमभञ्ज्याङ्ग युवा क्लवका आशिष घलान घोषित भए भने उत्कृष्ट सेटर आमभञ्ज्याङ्ग युवा क्लवकै सरोज घलान घोषित हुँदा बेष्ट स्पाइकर बुढिचौरका सुरेन्द्र दोङ घोषित भए । त्यस्तै प्रतियोगितामा नागरिक सचेत सुकौरा अनुशासित टिम घोषित हुँदै नगद २ हजार प्राप्त गरेका छन् । अनुशासित टिमलाई खेलप्रमी सुमन खनालले नगद २ हजार सहयोग गरेको थियो ।

No description available.

विजेता उपविजेतालाई प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्री तथा मकवानपुर क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेद्वार विरोध खतिवडा तथा विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली ले पुरस्कार तथा शिल्ड मेडल प्रमाणपत्र प्रदान गरेको थियो । समापन कार्यक्रमको अवसरमा सनराईज युथ क्लवले मकवानपुर जिल्ला स्तरीय महिला भलिबलको उपाधि जित्ने मकवानपुरगढीका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।

No description available.

समापन कार्यक्रममा भुमि आयोगका अध्यक्ष विष्णु दाहाल ,वडा नंम्बर ५ का वडाध्यक्ष दिपेश दाहाल , ६ नंम्बर वडाका वडाध्यक्ष कृष्ण प्रसाद बजगाँई , जिल्ला भलिबल संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष ईन्द्र प्रसाद संजेल , जाल्पादेवी मावि का प्रधानाध्यापक राजु गौतम , विभिन्न राजनितिक दलका प्रतिनिधिहरु र स्थानीय तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

No description available.

नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावली छठ पर्वको अवसरमा प्रतियोगिता असोज ११ गते मंगलबारदेखि बिहिबारसम्म मकवानपुरगढी–६ स्थित डुुम्रेकुनामा रहेको सनराईज युथ क्लवको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको थियो ।