यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

आज २०७७ कार्तिक २८ गते शुक्रवारको राशिफल


आजको पञ्चाङ्ग
बि.सं. २०७७ कार्तिक २८। शुक्रवार। इ.सं. 13 November 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादी । दक्षिणायन । शरद ऋृतु । कार्तिक कृष्णपक्ष। तिथि त्रयोदशी , १६:१२ बजे उप्रान्त चतुर्दशी नक्षत्र चित्रा , २२:३४ बजे उप्रान्त स्वाती योग प्रीति , ११:२४ बजे उप्रान्त आयुष्मान् करण वणिज १६:१२ बजेदेखि भद्रा , २७:०० बजे उप्रान्त नाग चन्द्रराशि कन्या । आनन्दादी योग मुसल । दिनमान २६:५६ पला । सूर्योदय ०६:२४ बजे । सूर्यास्त बेलुका १७:११
यम–पञ्चक (तिहार)। धन–त्रयोदशी। धन्वन्तरीजयन्ती। धनतेरस -धनत्रयोदशी)। कागतिहार। काकबलि। स्वन्ति च:ह्रे पूजा।
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्यपनि अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रापनि होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।