आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ १९ गते सोमबार । इ.सं. 01 June 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु ज्येष्ठ शुक्लपक्षतिथि दशमी , १२:२४ बजे उप्रान्त एकादशी । नक्षत्र हस्त , २३:१३ बजे उप्रान्त चित्रा । योग सिद्धि , ११:४४ बजे उप्रान्त व्यतीपात । करण गर १२:२४ बजेदेखि वणिज , २३:१० बजे उप्रान्त वालव । चन्द्रराशि कन्या  । आनन्दादी योग वज्र । दिनमान ३४ घडी १९ पला । सूर्योदय ०५: १० बजे । सूर्यास्त बेलुका १८: ५४ बजे ।

गंगा दशहरा। रामेश्वर गंगापूजा। वज्रगुरु पद्मसम्भव जयन्ती। गोसाइँकुण्ड स्नान समाप्ति। हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। बाजुरास्थित बेहडाबाबामा जलार्पण।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । साँझमा अनवास्यक खर्च बढ्न सक्छ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त संग पुनर्मिलनको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।          

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्ने र पारिवारिक जमघट रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्ला । जोश,जाँगर र हिम्मत बढ्नेछ । निर्माणको कार्य भने अघि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल