आइतबार राती बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । आइतबार भारतबाट काम गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।