‘कुरा बुझ्न पर्च’ को सफलतामा टिमले काट्यो खुसीयालीको केक

Company Register

म्युजिक भिडियो ‘कुरा बुझ्न पर्च’ ६ दिनमै ४७ लाख भ्यूज पाएको खुसीयालीमा म्युजिक भिडियो टिमले खुसीयाली साटासाट गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले मायाको चिनो आदान प्रदान सँगै केक काटेर खुसीयाली मनाएका हुन् । आयोजित कार्यक्रममा टिमको सबै जनाको उपस्थिति रहेको थियो । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समीक्षा अधिकारीको स्वर छ ।

Advertisement

भिडियोमा आँचल र स्वस्तिमा फिचर्ड छन् । यस्तै ‘कुरा बुझ्न पर्च’को सफलतामा प्रकाशले रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई आर्थिक सहयोग, स्यानीटरी प्याड, नुडल्स प्रदान गरेका थिए । भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् । स्वस्तिमा र आँचलको अलावा भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी,अनिता बस्नेत,सुनिल बिकको पनि अभिनय रहेको छ । भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...