गायक स्वरुपराज आचार्य र रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘लाली ओठैमा’ बोलको यो गीतमा गीतकार तारा अधिकारीको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन्। यसमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

गीतको म्युजिक भिडिओमा पल शाह र गरिमा शर्माको मुख्य प्रस्तुति छ। यसमा उनीहरूको केमेस्ट्री निकै मिलेको देख्न सकिन्छ। भिडिओको अन्तमा पलले गरिमालाई भगाएका छन्।

भिडिओमा ग्रामीण परिवेश देखाउन खोजेको छ। पल र गरिमाबाहेक यसमा कुमार न्यौपाने, किशोर, रवि, अक्ष र विपीनको प्रस्तुति देख्न सकिन्छ। भिडिओमा राजीव समारको कोरिओग्राफी छ।

रमेश थापाको निर्देशन रहेको भिडिओमा करण चैसिरले सिनेमेटोग्राफी दिएका छन्। भिडिओ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

‘लाली ओठैमा’ बुधबार युट्युब च्यानल सुनौलो ताराबाट सार्वजनिक भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू