मकवानपुरमा पछिल्लो २४ घण्टा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा ३ सय ६१ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका , थाहा नगरपालिका , मनहरी गाउँपालिकाका , भीमफेदी , मकवानपुरगढी , बकैया , इन्द्रसरोबर र बागमतीका रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ हजार ९ सय ५५ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ३ जनाको मृृत्यु भएको जानकारी दिएको छ । उनिहरु तीनै जना हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।