आज तामाङ्ग समुदायले सोनाम ल्होछार विविध कार्यक्रम गर्दै मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होछार कार्यक्रम आज देशका विभिन्न स्थानमा मनाइने तयारी भइरहेको छ । सोनाम ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।