जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको छ । हाल जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्‍याउने गरी बुधबार निर्णय गरेको बताइएको छ । समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले यस विषयमा सहमति जनाएका थिए ।

उनीहरुको सहमतिलगत्तै यहाँको सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् । जर्मनीका प्राय सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर यहाँ लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुअरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो । सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार उक्त अवधिलाई लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ । अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।