Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

Company Register

आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक/मजदूर आन्दोलनको संसारभरि स्मरण गरिँदै छ । यद्यपि विश्वव्यापी कोभिड–१९ महामारीका कारण विभिन्न देशले लकडाउन गरेका छन्, जसकारण विगतमा जस्तो उत्साहपूर्ण रुपले यो दिवस मनाइने छैन ।

Advertisement

प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । यस दिन विश्वका प्रायः सबैजसो राष्ट्रहरूमा आधिकारिक रूपमा मजदूर/श्रमिकहरुलाई सार्वजनिक वबदा हुन्छ, कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ ।

१९ औं शताब्दीको औद्योगिकीकरणमा यूरोपेली देश तथा अमेरिकी देशहरुका उद्योगपतिहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गर्ने गर्थे । यही परिस्थितिका बीच मजदुरहरुले १ मे १८८६ का दिन शोषणका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे । साे क्रममा अमेरिकाको सिकागोमा यही माग सहितको मजदूरहरुको शान्तिपूर्ण पर्दशनमाथि गोली चलाइँदा थुप्रै प्रदर्शनकारीको हत्या भयो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।

नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । यस वर्ष नेपालमा पनि श्रमिक आन्दोलनको स्मरण गरिए तापनि विगतमा झैँ कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

यस वर्ष नेपालमा याे दिवस मनाउन औपचारिक कार्यक्रम नराखिए पनि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोना भाइरसका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख दलका नेताहरूले श्रमिक दिवसकाे शुभकामना दिनुभएकाे छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- news24nepal
Website Designe 1024×117
Loading...