
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार घुससहित रङ्गे हात पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा सोमबार रङ्गे हात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ । सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि सोमबार बेलुकै मकवानपुर ल्याएको छ ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






