स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेविड सिल्भा कोरोना भाइरसबाट संक्रमित पुष्टि भएका छन्। म्यानचेस्टर सिटीबाट यहि सिजन सोसिडाड गएका ३४ वर्षका सिल्भमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन । उनी सेल्फ आइसोलेशनमा बसेका छन् । आफ्नो नयाँ क्लबमा नयाँ जर्सीसहित सार्वजनिक भएकै दिन सिल्भामा संक्रमण पुष्टि भएको पनि खुलाइएको हो। सिल्भा १० वर्षे म्यानचेस्टर सिटीको बसाईपछि यहि महिना सोसिडाड गएका हुन् । उनले सिटीबाट ४३६ खेलमा सहभागिता जनाए र १४ उपाधि जिते ।