हेटौंडामा आजबाट अत्यावश्यक उपभोग्य वस्तुको पसलहरु बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड संकट व्यवस्थापनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  खाद्यन्न,पानी,दूध,माछा,मासु,अण्डा,फलफूल तथा तरकारी बिक्री वितरण गर्न बिहान ४ बजेबाट ९ बजेसम्म पसल खोल्न पाईने भएको हो । जारी विषेधाज्ञालाई भने जेष्ठ मसान्तसम्म लम्ब्याईएको छ ।