मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट हेटौंडाका श्रीराम अर्जुन दाहाल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले शनिबार चलचित्र पत्रकारिता दिवसको अवसरमा दाहाललाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

दाहालले मोफसलमा रहेर एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका थिए । काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त पुरस्कार प्रदान गरेका थिए । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा दाहालसँगै वरिष्ठ चलचित्र पत्रकारहरलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।