हेटौंडा उपमहानगरपालिकाको प्रवक्तामा हेटौंडा –१ का वडा अध्यक्ष सबिन न्यौपाने चयन भएका छन् । शनिबार बसेको कार्यपालिकाको बैठकले हेटौंडा–१ का वडा अध्यक्ष न्यौपानेलाई प्रवक्तामा चयन गरेको हो ।

प्रवक्ता तोकिएका न्यौपाने यसअघिको २०७४ र २०७९ को स्थानिय निर्वाचनबाट २ पटक विजयी भएका वडा अध्यक्ष उनी डेढ दशक पत्रकारितामा क्रियाशिल थिए । संचार क्षेत्रमा राम्रो दख्खल रहेका कारण न्यौपानेले प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने मूल्यांकन गर्दै मेयर मिनाकुमारी लामाले उनको नाम अघि बढाइएको हेटौंडा उपमहानगरपालिकाका प्रेस सल्लाहकार राजन दाहाल ‘रसिक’ ले जानकारी दिए ।