Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अब नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ : प्रधानमन्‍त्री ओली

Company Register

प्रधानमन्त्री केपी ओलीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएका छन्। शनिबार एपीवान टेलिभिजनमा विशेष कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पार्टी र सरकारमा नेतृत्वको विवाद भइराखेका बेला यो अभिव्यक्ति दिएका हुन्। उनले पूर्वप्रधानमन्त्री भइसकेका र पार्टी अध्यक्ष बनिसकेका नेताले फेरि नेतृत्वका लागि लडाईं गरेको भन्दै यस्तो बताएका हुन्। ओलीले नयाँ पुस्ता भनेर ६० वर्ष आसपासका नेतालाई ७० वर्ष आसपासका नेताले नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए।

Advertisement

‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनसक्छौँ। नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ। हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ ? प्रधानमन्त्री ओलीले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व जिम्मा लगाउनुपर्ने बताएका छन्। उनले अहिले नेतृत्वका लागि लडाईं आवश्यक नै नभएकोमा जोड दिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...