Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज ‘लकडाउन’को दोस्रो दिन, घर बाहिर ननिस्कन आग्रह

Company Register

काठमाडौं – कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि मुलुकभर बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरुक्षाकर्मीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै चेकजाँचमा कडाइ गरेका छन् । बिहानैदेखि काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

Advertisement

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ। लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...