
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि पनि युवापिँढी बाहिरिनुपर्ने बाध्यता रहेको बताए ।
“झण्डै ५० प्रतिशत युवा जमात बेरोजगारी समस्याले मुलुक बाहिर छ ।” थापाले भने, “क्रियाशील जनशक्ति बाहिरिएर समृद्ध नेपाल बन्न सक्दैन ।” उनले सरकारले संवैधानिक र कूटनीतिक निकायलाई नियन्त्रण गर्न खोजेको आरोपसमेत लगाए । मुलुकमा ठूला भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सरकारको ध्यान नजाँदा भ्रष्टाचारीलाई प्रोत्साहन मिलेको धारणा राखेका थिए । “दल, ठूला व्यापारी र कर्मचारीको मिलेमतोमा ठूला भ्रष्टाचार हुँदैछन्”, उनले भने, “प्रतिपक्षी दल पनि यसबाट अछुतो छैन ।”
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






