नयाँ दल दर्ताका लागि तयारी गर्न माधव नेपाल समूहका ३२ सांसद र ६० केन्द्रीय सदस्य सोमबार चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३२ सांसद चन्द्रागिरी हिल्स रिसोर्टमा बास बस्न पुगेका हुन्। त्यस्तै, साविक एमालेको २०३ केन्द्रीय सदस्यमध्ये ६० जना चन्द्रागिरी हिल्समा बसेको एक सांसदले बताए।

मंगलबार थप एक दर्जन जति केन्द्रीय सदस्य र आधा दर्जन सांसद थपिने पनि नेपाल निकट नेताहरुले दाबी गरेका छन्। एमाले विभाजन गरि नेकपा ९एकीकृत समाजवादी० पार्टी गठनका लागि ३१ जना सांसद वा ४१ जना केन्द्रीय सदस्य आवश्यक पर्छ । निर्वाचन आयोगले पर्सि ९ गते बुधबार सनाखतका लागि केन्द्रीय सदस्य तथा सांसदहरुलाई बोलाएको छ। सोही दिन माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठन हुनेछ ।