चन्द्रागिरि पुगेर नेता नेपालले भने : केही साथीहरु ओलीको जालझेलमा परे

Company Register

प्रस्तावित दल नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले आफूपक्षीय कार्यदलका सदस्यसहित केही नेताहरु केपी ओलीको जालझेल र षडयन्त्रमा फसेको बताएका छन् । सोमबार साँझ चन्द्रागिरिमा केन्द्रीय सदस्य र सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य उनकै जालझेलमा परेको बताएका हुन् ।

Advertisement

आफूहरुको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरु पनि लागि परेको बताए। सम्बोधनका क्रममा नेपालले भने, ‘यसपाली पनि केही साथी ओलीको जालझेलमा फसेका छन्, उनीहरुका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एकदुई दिनमै देखिन्छ।’ नेपाल पक्षीय नौ नेताहरुले आज ओली निवास बालकोटमा भएको छलफलमा ‘आफूहरु एमालेमा नै रहेको र आगामी दिनमा पनि एमालेमा नै रहेने’ बताएपछि नेता नेपालले आफू निकटहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

ya thau khali xa

नेता नेपालले ओली पार्टी एकताबारे छलफलका लागि तयार भए र आफूहरुले भनेको माने नयाँ दल दर्तापछि वार्ताका लागि आफू तयार रहेको समेत बताएका छन्। नेपालसहित केन्द्रीय सदस्य र सांसदहरु सोमबार साँझ पार्टीको राजनीतिक दस्तावेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका हुन्। निर्वाचन आयोगले दल दर्ताका लागि नेताहरूलाई बुधबार समय दिएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...