काठमाडौं – नेपाल थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कुल संक्रमित संख्या १७ हजार ५०२ जना पुगेको छ ।

अहिलेसम्म कोरोना उपचारपछि निको हुनेको संख्या ११ हजार ६३७ जना पुगेको छ । कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४० जना रहेको छ ।