2025-12-07 10:10 am

‘द भ्वोइस’का मधु लामाको ‘जाउँन सरर’ सार्वजनिक

नजिकिदै गरेको प्रणय दिवसलाई लक्षित गर्दै चर्चित रियालिटी शो ‘द भ्वाइस अफ’ नेपालका प्रतियोगी एवम् गायक मधु लामाको ‘जाउँन सरर’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चर्चित गीतकार डि पी खनालको शब्द र मनोज थापामगरको संगीत तथा एरेन्जमेन्ट रहेको छ।

गीतको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ। अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा मधु लामाको निर्देशन रहेको छ। दुई प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीतको भिडियोलाई चितवन,सिन्धुली, सुनकोशी र काठमाडौ लगायतको ठाउमा छायाँकन गरिएको हो।

डश म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई सार्वजनिक भए संगै दर्शक र मिडिया हाउसको राम्रो सहयोग र प्रतिक्रिया आएको छ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad