
काठमाडौं : चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको सांगीतिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ। मंगलबार कीर्ति इभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो। कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित जोन क्षेत्रीको पनि सांगीतिक प्रस्तुति रहनेछ। कन्सर्टमा टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआइपी सेल १ हजार रहेको छ। कार्यक्रम यही शनिबार अपरान्ह ३ बजेबाट सुरु हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




